४ महिनामा करिब १ खर्बको वस्तु निर्यात, व्यापारघाटा बढ्यो १२ प्रतिशत
साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना अवधीमा वस्तु निर्यात बढे पनि व्यापारघाटा बढेको छ । भन्सार विभागका अनुसार करिब १२ प्रतिशतले व्यापारघाटा बढेको हो ।
साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ । गत आवको सोही अवधिमा यस्तो निर्यात ५२ अर्ब ६७ करोड ७ लाख १० हजारको भएको थियो । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ । गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरिएको थियो ।
यो सगै व्यापारघाटा समेत ११.९९ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालले ७ खर्ब २ अर्ब ९४ करोड ७० लाखको कुल वैदेशिक व्यापार गरेको छ ।