एनआईएमबी बैंकको घर कर्जा, ७ प्रतिशत स्थिर ब्याजदरमै ८० प्रतिशतसम्म कर्जा पाइने

बैंकले ७ वर्ष अवधिका लागि ७ प्रतिशत स्थिर ब्याजदरमा सो कर्जा योजना ल्याएको हो । कर्जा योजना अनुसार ग्राहकहरुले आफ्नो सपनाको घरलाई वास्तविकतामा परिणत गर्न सक्नेछन् । यस घर कर्जामा ग्राहकहरुले बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन् ।

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले पहिलो पटक घर किन्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा घर कर्जा सार्वजनिक गरेको छ । बैंकले ७ वर्ष अवधिका लागि ७ प्रतिशत स्थिर ब्याजदरमा सो कर्जा योजना ल्याएको हो ।

कर्जा योजना अनुसार ग्राहकहरुले आफ्नो सपनाको घरलाई वास्तविकतामा परिणत गर्न सक्नेछन् । यस घर कर्जामा ग्राहकहरुले बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन् । बैंकका अनुसार यो योजना २०८२ मंसिर मसान्तसम्म मात्र लागु हुने बैंकले जानकारी दिएको छ ।