एक सातामै पौने ४ अर्ब मुद्धति निक्षेप राख्न राष्ट्र बैंकले माग्यो आवेदन, को को सहभागी हुन पाउँछन् ?
यसअघि मंसीर ४ गते पनि केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको एक वर्षे मुद्धति निक्षेपमा लगानी गरेको थियो ।
काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंक एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ गते साँझ ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
यसअघि मंसीर ४ गते पनि केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको एक वर्षे मुद्धति निक्षेपमा लगानी गरेको थियो ।
सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार ‘क’ वर्गको वाणिज्य बैंकमा तीन अर्ब ८० लाख, ‘ख’ वर्गका विकास बैंकमा ५६ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख बराबर लगानी हुनेछ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।