राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउन राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी

प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउन सरकारले अध्यादेश ल्याएको हो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार अध्यादेश जारी गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई गृह मन्त्रालय मातहत ल्याउन सरकारले अध्यादेश ल्याएको हो ।