सहकारी पीडितहरू फेरि धर्नामा, समस्याग्रस्त सहकारी समितिको गेट तोडफोड
विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो ।
काठमाडौं । सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो ।
अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
त्यसपछि पीडितहरू आफूहरुको बचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै धर्नामा बसेका छन् ।सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरू आक्रोशित हुँदै धर्नामा बसेका हुन् । धर्नाका क्रममा उनीहरुले आफूहरूको बचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।