जेनजीका २३ समूहद्धारा प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग, राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

विभिन्न २३ वटा जेनजी समूहले आज राष्ट्रपति कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । कार्की नेतृत्वको सरकारले जेनजीको माग पूरा गर्न नसकेको भन्दै यो सरकारलाई फिर्ता बोलाउन माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

काठमाडौं । भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापन पत्र बुझइएको छ ।

विभिन्न २३ वटा जेनजी समूहले आज राष्ट्रपति कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । कार्की नेतृत्वको सरकारले जेनजीको माग पूरा गर्न नसकेको भन्दै यो सरकारलाई फिर्ता बोलाउन माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

२३ जेनजीको समूहले नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।