मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमत पुर्याएर पदमुक्त गराइएको हो ।
काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमत पुर्याएर पदमुक्त गराइएको हो ।
उपसभामुख बबिताकुमार राउतकाअनुसार प्रस्तावको पक्षमा ७६ मत परेको छ । प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए ।