सुन र चाँदी दुबैको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले र चाँदी ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।