केही संस्थानमा सञ्चालकको राईंदाईं हुँदा कसैलाई भत्ता मात्रै, तारा गाउँमा भत्ताभन्दा अरु सुविधा धेरै
६० संस्थामध्ये सञ्चालकहरुलाई कम भत्ता दिएर तारा गाउँ विकास समितिले अन्य सुविधाहरु बढी दिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । संस्थाहरुले वैठक भत्ताका अतिरिक्त मासिक रुपमा टेलिफोन, पत्रपत्रिका, इन्धन, इन्टरनेट, परिवहन भत्ता, अतिथि सत्कार, खाजा खर्चलगायतका सुविधा दिने गरेको पाइएको छ ।
काठमाडौं । कतिपय सार्वजनिक संस्थानमा सञ्चालकहरु मालामाल हुने गरेको पाइएको छ । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्वन्धी सुझाव कार्यदलको प्रतिबेदनले सञ्चालकहरुको सेवा सुविधामा निकै नै भिन्नता रहेको पहिल्याएको हो ।
कार्यदलले ६० वटा संस्थाको अध्ययन गर्दा धेरै संस्थाहरुको कर्मचारी र सञ्चालकहरुलाई दिइने सेवा सुविधामा निकै ठूलो अन्तर रहेको उल्ले गरेको छ । ६० संस्थामध्ये सञ्चालकहरुलाई कम भत्ता दिएर तारा गाउँ विकास समितिले अन्य सुविधाहरु बढी दिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । संस्थाहरुले वैठक भत्ताका अतिरिक्त मासिक रुपमा टेलिफोन, पत्रपत्रिका, इन्धन, इन्टरनेट, परिवहन भत्ता, अतिथि सत्कार, खाजा खर्चलगायतका सुविधा दिने गरेको पाइएको छ ।
बिबरणअनुसार वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले सञ्चालकहरुलाई प्रति वैठक भत्ता उपलब्ध गराउने गरेको छ । त्यसबाहेक अन्य सुविधा नदिइएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।