जेनजी आन्दोलनकाबीच लगानी वातावरणमा छैन कुनै परिवर्तन, कन्ट्री रेटिङमा पायो ‘बीबी माइनस’

चुनाव-केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनामा अवरोध नरहेको संकेतका रुपमा बुझ्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

काठमाडौ । नेपालले सन् २०२५ का लागि फिच रेटिङबाट दोस्रो सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ प्राप्त गरेको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले बीबी माइनस पाएको थियो । यसको अर्थ मुलुकको लगानी र आर्थिक वातावरण गत वर्षकै जस्तो रहेको भन्न सकिन्छ ।

सामान्यतया बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि औसत मानिन्छ । बीबी माइनस रेटिङले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्दा मध्यम जोखिम र नेपालको ऋण तिर्ने क्षमता जोखिमयुक्त रहेको बताउँछ ।

पछिल्ला महिनामा देखिएको सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि नेपालले गत वर्षको जस्तै रेटिङ पाएको हो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गरेको छ ।

चुनाव केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ ।

साथै नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ । मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्‍याउनेछ । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ ।

नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गरेको अर्थ मन्त्रालयले जनाएको छ । चुनाव-केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनामा अवरोध नरहेको संकेतका रुपमा बुझ्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । ‘नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ,’ मन्त्रालयले भनेको छ ।

फिचलगायत अन्तर्राष्ट्रिय एजेन्सीले ट्रिपल एदेखि सीसम्म राखेर रेटिङ गर्ने गर्छन् । रेटिङ जति कम भयो मुलुकको आर्थिक र वित्तीय अवस्था त्यति कमजोर र लगानीका लागि जोखिमयुक्त वातावरण भएको बुझ्ने गरिन्छ ।