उपदान तथा पेन्सनको साढे ३ अर्ब निक्षेप राख्न बैंकहरुसँग राष्ट्र बैंकले प्रस्ताव माग्यो, भोलीसम्मको समय

वाणिज्य बैंकमा दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ बराबरको रकम राख्न लागेको हो ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने (निक्षेप राख्ने) भएको छ ।

केन्द्रीय बैंकले सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित बुधबार (मंसीर ३ गते) साँझ ७ बजेभित्र आवेदन दिन भनेको छ ।

राष्ट्र बैंकले यो रकम एक वर्ष (३६६ दिन) का लागि राख्न लागेको हो । सूचनामा वाणिज्य बैंकमा दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ बराबरको रकम राख्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजीकोष कायम रहेको र कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका सर्तहरु पूरा गरेको हुनुपर्नेछ ।



प्रकाशन भएका दस्तावेजहरू

691bd0b67c6a3_1763430582.pdf