२५ अत्यावश्यक सेवामा हडताल निषेध, कुन कुन सेवाा हडताल गर्न पाईंदैन ?
नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक हडताल निषेधका निर्णय गरे पनि कार्यान्वयन भने भएको पाईंदैन ।
काठमाडौँ । सरकारले २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध भएको छ । सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो । तोकिएका २५ सेवाहरूमा कुनै पनि प्रकारको अवरोध वा हडताल गर्न पाईंदैन । नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक हडताल निषेधका निर्णय गरे पनि कार्यान्वयन भने भएको पाईंदैन । फागुन २१ गते प्रतिनधिसभा निर्वाचनको तयारी गरिरहेको चुनावी सरकारले अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाईने गरि निषेधाज्ञा जारी गरेको हो ।
कुन कुन क्षेत्रमा पाइँदैन हडताल गर्न ?
- डाँक, तार वा टेलिफोन सेवा
- जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
- हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
- हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
- प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा
- हातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
- सञ्चार सेवा
- आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
- खानेपानीको सञ्चालन तथा वितरण सेवा
- पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा
- पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा
- अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरू)
- औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
- फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
- बैङ्किङ सेवा
- बिमा सेवा
- विद्युत् सेवा
- दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
- मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
- मास्क सम्बन्धी सेवा
- ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा
- भेटेरिनरी सेवा
- कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
- राहदानी विभागबाट प्रदान हुने सेवा
- इन्टरनेट सेवा