मधेश प्रदेशका ७ दलद्धारा सभामुख हटाउने निर्णयमा हस्ताक्षर, मधेशसभामा अविश्वास प्रस्ताव दर्ता

कात्तिक २४ गते तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेसँगै एमाले र अन्य दलबीच दुरी बढेको छ ।

काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकुल आचारण नगरेको भन्दै ७ दलले प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालसहित ६४ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा पदअनुकुल आचरण नगरेको सम्बन्धी प्रस्ताव दर्ता गरिएको जानकारी दिए । 

उपसभामुख बबिताकुमारी राउत ईशरले सात दलीय गठबन्धनले ल्याएको अविश्वासको प्रस्तावमा तोक लगाईसकेको बताइएको छ ।

कात्तिक २४ गते तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेसँगै एमाले र अन्य दलबीच दुरी बढेको छ । एमालेका बाहेकका दलहरु मुख्यमन्त्री नियुक्ती विरुद्ध सर्वोच्च अदालत गएका छन् भने प्रदेशसभाका सभामुखविरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन् । यसअघि सरकारले प्रदेश प्रमुख भण्डारीलाई हटाएर सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएर पठाइसकेको छ ।