निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण रोक, उपत्यका छोड्न नपाउने

काठमाडौं । जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक र उपत्यका छोड्न नपाउने निर्देशन जारुरी गरेको छ । आयोगको आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

खापुङ आजदेखि सेवाबाट निवृत्त भएका हुन् । ‘खापुङलाई भदाै २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’ सूचनामा भनिएको छ ।