नेप्सेमा २०.५६ अंकको गिरावट, ४० प्रतिशत बोनस र सतप्रतिशत हकप्रद घोषणा गरेकोे एनआरएन इन्फ्रास्ट्रक्चरमा झुम्मिए लगानीकर्ता

बुधबार सबैभन्दा बढी लगानीकर्ता झुम्मिएको एनआरएन इन्फ्रास्ट्रक्चरले बुधबार बिहान मात्रै ४० प्रतिशत बोनस सेयर र बोनस सेयरपछि कायम चुक्ता पुँजीमा सतप्रतिश हकप्रद सेय जारी गर्ने सञ्चालक समितिको निर्णय बाहिर ल्याएको छ ।

काठमाडौं । बुधबार सेयर बजारको सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंक घटेर २५४४ .५९ अंकमा ५९ अडिएको छ । मंगलबार भने नेप्से ३.२१ अंक बढेको हो ।

कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज बुधबार ३ अर्ब ८४ करोडरुपैयाँको सेयर किनबेच भयो ।

४९ कम्पनीको मूल्य बढ्दा १९८ को कम्पनीको मूल्य घट्यो भने ७ को स्थिर रह्यो । बुधबार उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशत बढ्यो ।

त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशत घटे ।

घटेको बजारमा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका भूगोल इनर्जीबाहेक अरु तीन कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् ।

त्यस्तै, दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशत घट्यो । माबिलुङ इनर्जीको ८.२१, मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहे । बुधबार सबैभन्दा बढी लगानीकर्ता झुम्मिएको एनआरएन इन्फ्रास्ट्रक्चरले बुधबार बिहान मात्रै ४० प्रतिशत बोनस सेयर र बोनस सेयरपछि कायम चुक्ता पुँजीमा सतप्रतिश हकप्रद सेय जारी गर्ने सञ्चालक समितिको निर्णय बाहिर ल्याएको छ ।बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एनआरएनलाई पछ्याएको राधी जलविद्युतको २२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।