एनआरएन इन्फ्रास्ट्रक्चरद्धारा ४० प्रतिशत बोनस सेयर घोषणा, बोनसपछि सतप्रतिशत हकप्रद
कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब २८ करोड रुपैयाँ छ ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब २८ करोड रुपैयाँ छ ।
लाभांश प्रस्ताव पारित गर्ने प्रयोजनका लागि कम्पनीले पुस ४ गतेका लागि १३औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ ।