साहस उर्जाको लाभांश घोषणा, बोनसपश्चात कायम चुक्ता पूँजीकाे शतप्रतिशत हकप्रद

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ ।

काठमाडौं । साहस उर्जा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।

त्यसैगरी, गत वर्षको साधारणसभाले पारित गरेको १ बराबर १ हकप्रद सेयर जारी गर्ने निणर्य संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पूँजीको शतप्रशत हकप्रद जारी गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।