नेप्से सामान्य बढ्दा कारोबार रकम घट्यो, ४ कम्पनीमा सकारात्मक सर्किट
मंगलबार चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन् । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार सामान्य रुपमा बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से मंगलबार भने ३.२१ अंक बढेको हो । सुरुवाती कारोबारसँगै करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि भने सम्हालिँदै २५६५.१६ अंकमा अडिएको छ ।
मंगलबार १४२ कम्पनीको मूल्य बढ्दा १०२ कम्पनीको घट्यो भने १० को स्थिर रह्यो । तर, नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज मंगलबार ३ अर्ब ६२ करोडमा सीमित भएको छ ।
मंगलबार चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन् । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।
तर, समूहगत सूचकमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढे । अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटे ।
।
त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।