सानिमा बैंकका ग्राहकले दराज ११.११ योजनामा सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराज सँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजनाअवधिभर दराजबाट सामान खरिद गरि ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । छुटका लागि ग्राहकहरुले दराजबाट बैंक भौचर संकलन गर्नु पर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ ।
यो योजना २०८२ कात्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरि डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।