विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले जितेन्द्र सोनलले दिए राजीनामा
१०७ सदस्य प्रदेश सभामा सरकारको निरन्तरता दिन बहुमतका लागि ५४ जना सांसद चाहिन्छ । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् ।
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।
उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
१०७ सदस्य प्रदेश सभामा सरकारको निरन्तरता दिन बहुमतका लागि ५४ जना सांसद चाहिन्छ । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित छिन् । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।
लोसपाका सोनल जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेर असोज ३० गते शपथ लिएको थिए ।