बैंकहरुको नाफा १३ अर्ब १४ करोड, १५ बैंकको खुम्चिँदा ५ वटाले भने बढाए
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा २९५.७० प्रतिशत बढेको छ । समग्रमा पहिलो त्रैमासमा ५ वटा वाणिज्य बैंकको नाफा बढेको छ । त्यसपछि नाफा बढाउनेमा अग्रही ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईको नाफा २२.९२ प्रतिशतले बढेको छ । बाँकी १५ बैंकको नाफा घटेको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म आउँदा वाणिज्य बैंकहरुको नाफामा भारी गिरावट देखिएको छ । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा १३ अर्ब १४ करोड ९६ लाख रुपैयाँ मात्र नाफा गरेका छन् । जुन नाफा गत आवको असोजसम्मको १६ अर्ब १८ करोड ८७ लाखको तुलनामा १८.७७ प्रतिशतले खुम्चिएको हो ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा २९५.७० प्रतिशत बढेको छ । समग्रमा पहिलो त्रैमासमा ५ वटा वाणिज्य बैंकको नाफा बढेको छ । त्यसपछि नाफा बढाउनेमा अग्रही ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईको नाफा २२.९२ प्रतिशतले बढेको छ । बाँकी १५ बैंकको नाफा घटेको छ । सबैभन्दा धेरै नाफा घट्नेमा कृषि विकास बैंक छ । कृषि विकास बैंकको नाफा ९७ प्रतिशत घटेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशतले घटेको छ । सिटिजन्स बैंकको नाफा भने ऋणात्मक छ ।
पछिल्लो केही वर्ष यता अर्थतन्त्रमा देखिएको समस्या लगायतका केही घट्नाहरुको कारण बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरु बताउँछन् । आर्थिक मन्दीसँगै गत भदौमा भएको जेनजी आन्दोलनको कारण व्यवसाय क्षेत्रमा समस्या थपिएको छ ।
देशमा भएका विभिन्न घट्नाको कारण बैंकको ऋण असुलीमा कठिनाइ भइरहेको छ । जसको कारण खराब कर्जा बढ्दो अवस्थामा छ । खराब कर्जा व्यवस्थापन गर्न बैंकले प्रोभिजन गर्नु पर्ने रकम पनि बढेको छ । यसको असर नाफामा देखिएको हो ।