२१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरुवा सूचीअनुसार १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका सहसचिवको पदस्थापन परिवर्तन गरिएको छ।

काठमाडौँ । सरकारले २१ जना सहसचिवहरुको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत सहसचिवहरुलाई नयाँ जिम्मेवारीसहित स्थानान्तरण गरेको हो।

सरुवा सूचीअनुसार १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका सहसचिवको पदस्थापन परिवर्तन गरिएको छ।