फेरी २६०० तल झर्यो सेयर बजार, बढ्यो कारोबार
बजारमा १६५ कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । दरमखोला हाइड्रो र माबिलुङ इनर्जी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सम्पदा लघुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ ।
काठमाडौं । बिहीबार सेयर बजारको सूचक (नेप्से) नेप्से २६०० अंकबाट तल आएको छ । उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका उपसमूह घटेपछि नेप्से २५९६.१२ अंकमा झरेको हो । निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशतले घटेको छ।
अघिल्लो दिन २६०७ अंकमा रहेको बजार सूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो । बजारमा १६५ कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् ।
दरमखोला हाइड्रो र माबिलुङ इनर्जी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सम्पदा लघुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट छ । यो कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।