हिमालयन डिष्टिलरीको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । बुधबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्टिलरीको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
२० प्रतिशत बोनस सेयर नेप्सेले समायोजन गरे पश्चात कम्पनीको सेयरमूल्य १ हजार १५१ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने घोषणा गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो साधारणसभा बिहान १० बजे शुरु हुनेछ ।