जेनजी आन्दोलनमा तोडफोड भएको चन्द्रागिरी हिल्स शनिबारदेखि सञ्चालन
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य संचालन युनिट, केबलकारको गन्डोला पार्किंङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा क्षति भएको थियो ।
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि बन्द रहेको चन्द्रागिरी हिल्स अब सञ्चालनमा ल्याइने भएको छ ।
यही शनिबारदेखि सञ्चालनमा ल्याउने चन्द्रागिरी हिल्सले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुर्याएका थिए ।
साथै मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा क्षति भएको थियो । भदौ २४ गते अपरान्ह करिब ४ः२५ बजेको समयमा ठुलो संख्यामा गएका प्रदर्शनकारीहरुको समुहले तोडफोड गरेको जनाइएको छ ।