एनएसीले विमानस्थलमा यात्रु होल्ड हुने समय बढायो, अब देखी ४ घण्टा अघि पुग्नुपर्ने

यसअघि अन्तर्राष्ट्रिय यात्रुले उडान समयभन्दा ३ घण्टा अघि बिमानस्थल पुगे हुने व्यवस्था थियो । यो सँगै नियमित उडान भएपनि बिमानस्थलमा यात्रुहरु थप एक घण्टा होल्ड हुनु पर्ने अवस्था सिर्जना भएको छ ।

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले यात्रुहरुलाई उडान तालिकाभन्दा चार घण्टा अगावै चेकइनका लागि विमानस्थलमा पुग्न आग्रह गरेको छ ।

एनएसीले सूचना निकालेर अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई उडान समयभन्दा चार घण्टाअघि नै विमानस्थलमा पुग्न आग्रह गरेको हो ।

चेकइन काउण्टर उडान समयभन्दा एक घण्टा अगाडि बन्द हुने एनएसीले जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय यात्रुले उडान समयभन्दा ३ घण्टा अघि बिमानस्थल पुगे हुने व्यवस्था थियो । यो सँगै नियमित उडान भएपनि बिमानस्थलमा यात्रुहरु थप एक घण्टा होल्ड हुनु पर्ने अवस्था सिर्जना भएको छ ।