गरिमा विकास बैंकको सेयर मूल्य नेप्सेमा समायोजन, प्रति कित्ता ३९३ रुपैयाँ ४० पैसा

समायोजनपछि कायम मूल्यमा गरिमा विकास बैंकको मंगलबार कारोबार खुल्नेछ । गरिमा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।

काठमाडौं। गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले सोमबार बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि गरिमा विकासको सेयर मूल्य प्रति कित्ता ३९३.४० रुपैयाँ कायम भएको छ । बैंकको सेयरको सोमबार बजार कारोबार मूल्य प्रति कित्ता ४१७ रुपैयाँ थियो ।

समायोजनपछि कायम मूल्यमा गरिमा विकास बैंकको मंगलबार कारोबार खुल्नेछ । गरिमा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।