महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १०.३७ प्रतिशत दिने
बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १०.३७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको चुक्ता पुँजी हाल ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंक संचालक समितिको सोमबार बिहान बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई दिने लाभांशबारे निर्णय गरेको हो ।
बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १०.३७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको चुक्ता पुँजी हाल ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ छ ।
राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । बैंकले गत वर्ष ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।