एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य

विज्ञापन
ncell

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शाक्य बैंकको सीईओको रुपमा चार वर्षको लागि नियुक्त गरिएको हो । उनले अबको ३० दिन भित्र बैंकमा कार्यभार सम्हाल्नेछन् ।

अहिले उनी नबिल बैंकको सिनियर डिसिओ छन् । शाक्यसँग बैंकिङको तीन दशक लामो अनुभव छ।

उनी नबिल आउनुअघि ग्लोबल आइएमइ बैंकमा थिए । त्यसअघि उनी जनता बैंकमा थिए। जनता ग्लोबलमा गाभिएपछि उनले केही समय काम गरेका थिए । उनले जनताअघि सिभिल बैंकमा पनि काम गरेका थिए ।

एनआइसीमा सीइओ रोशन कुमार न्यौपानेले राजीनामा दिएसँगै पद रिक्त थियो ।