१५ दिनमा बाचा पुरा गर्ने कुलमानले प्रतिबद्धता जनाएसँगै बञ्चरेडाँडामा फोहोर फाल्न सहमति

घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर स्थानीय बासी र ककनीका जनप्रतिनिधिसँग हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीय सहमत हुन् ।

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री समेत रहेका घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर स्थानीय बासी र ककनीका जनप्रतिनिधिसँग हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीय सहमत हुन् ।

स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । समस्या समाधानका लागि मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।