सामाजिक सुरक्षा कोषमा करिब २६ लाख योगदानकर्ताको ९४ अर्ब रुपैयाँ जम्मा

कोषमा २२ हजार १ सय २५ सूचीकृत रोजगारदाता मार्फत र व्यक्तिगत आवद्धता गरि २५ लाख ९२ हजार १ सय ४१ जना सूचीकृत योगदानकर्ताको संख्या पुगेको छ ।

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम लगातार बढेको छ । हालसम्म कोषमा ९४ अर्ब ९ करोड १ लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ ।

कोषमा २२ हजार १ सय २५ सूचीकृत रोजगारदाता मार्फत र व्यक्तिगत आवद्धता गरि २५ लाख ९२ हजार १ सय ४१ जना सूचीकृत योगदानकर्ताको संख्या पुगेको छ ।

कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख ८ हजार रुपैयाँ छ ।

कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानी गरिसकेको छ ।रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल गरिरहेको जनाएको छ ।