हिमालयन बैंकको १ लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

संस्थापक सेयर खरिद गर्न योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । 

उक्त सेयर बैंकले यसअघि गत भदौ २ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन नपरेकाले बैंकले अन्य व्यक्ति,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको जनाएको छ । 

संस्थापक सेयर खरिद गर्न योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालमा सम्पर्क गर्न सकिनेछ । 

संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।