चितवनको टिकौलीमा रोकिएको ट्रकमा २ बस ठोक्किँदा ३३ जना घाइते
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य छ ।
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा दुवै बसका ३३ जना घाइते भएका छन् ।
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य छ ।
घट्ना बिबरणअनुसार गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि ठोक्कियो ।
क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो ।
बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस चालक घाइते छन् । ट्रकका चालक भने फरार छन् ।