उद्योगीको मनोबल बढाउन जिल्ला सुरक्षा समितिमा व्यवसायीको प्रतिनिधित्व, गृह मन्त्रालयले गर्यो पत्राचार
महासंघले जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण व्यवसायीको मनोबल खस्किएको अवस्थामा जिल्ला सुरक्षा समितिमा सम्बन्धित उद्योग वाणिज्य संघका प्रतिनिधिलाई सहभागी गराउन कात्तिक २ गते गृहमन्त्री अर्याललाई पत्र लेखेको थियो ।
काठमाडौं । सरकारले जिल्ला सुरक्षा समितिको बैठकमा उद्योगी व्यवसायीलाई पनि सहभागी गराउने निर्णय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिको बैठकमा उद्योग वाणिज्य संघका प्रतिनिधिलाई सहभागी गराउने मन्त्रीस्तरिय निर्णय गरेका हुन् ।
मन्त्री अर्यालको निर्णय अनुसार गृह मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण व्यवसायीको मनोबल खस्किएको अवस्थामा जिल्ला सुरक्षा समितिमा सम्बन्धित उद्योग वाणिज्य संघका प्रतिनिधिलाई सहभागी गराउन कात्तिक २ गते गृहमन्त्री अर्याललाई पत्र लेखेको थियो ।
महासंघले आफ्नो आग्रह अनुसार निर्णय गरेको भन्दै गृह मन्त्रालयप्रति आभार व्यक्त गरेको छ। सरकारको निर्णयले व्यावसायिक मनोबल बढाउन सहयोग पुग्ने महासंघको विश्वास छ।