राष्ट्रिय परिचय पत्रसँग विभिन्न सेवा एकीकृत गर्नेलगायतका बुधबारको मन्त्रिपरिषदका ११ निर्णय सार्वजनिक
विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय भएको छ ।
काठमाडौं । मन्त्रिपरिषद्ले पछिल्लो पटक गरेको निर्णयहरू सार्वजनिक गरिएको छ ।
हिजो (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । बुधबारको बैठकका ११ निर्णय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
प्रवक्ता खरेलका अनुसार गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै, राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका लागि निर्वाचनको मिति तोकिएको छ ।
मन्त्रिपरिषद् बैठकले विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।