बीपी राजमार्गमा राति सवारी चलाउन रोक, सिन्धुली र काभ्रे जिल्ला प्रशासनले जारी गरे सूचना

सिन्धुली प्रशासनले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको हो ।

काठमाडौँ । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काभ्रे प्रशासनले जारी गरेको सूचना अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्नेछन् ।

यसैगरी सिन्धुली प्रशासनले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको हो ।