हिमालयन लाइफको सिईओमा कपिल कुमार
हिमालयन लाइफले तत्कालिन सिईओ मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै डीसीईओ दाहाललाई असोज २७ गते कामु सीईओको जिम्मेवारी दिएको थियो ।
काठमाडौं । कपिल कुमार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) भएका छन् ।
बुधबार बसेको कम्पनी संचालक समितिले कायम मुकायम (कामु) सीईओ रहेका दाहाललाई सिईओमा नियुक्त गरेको हो ।
कम्पनीले तत्कालिन सिईओ मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई असोज २७ गते कामु सीईओको जिम्मेवारी दिएको थियो ।
तत्कालिन सीईओ कर्णले कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण राजीनामा दिएका थिए ।