श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले हातपारे १० कित्ता
आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । यसअनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ । जसअनुसार ३ जना आवेदकले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।