जुवातास खेलिरहेको अवस्थामा एक लाख ९० हजारसहित १८ जना पक्राउ

प्रहरीका अुनसार सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो

काठमाडौं । प्रहरीले सल्यान र नवलपरासी पूर्वमा १८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ९० हजार ५८५ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अुनसार सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएर गएको टोलीले उक्त जुवाखालबाट १ लाख ७ हजार ६२५ रुपैयाँ नगद र ११ बुक तास बरामद गरेको छ ।

त्यसैगरी नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ सर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४२ वर्षीय बसन्त राज घिमिरे सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको टोलीले उक्त जुवाखालबाट ८२ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।