हिमालयन बैंकको कात्तिक तीन गतेदेखि १० गतेसम्म सेवा बन्द हुने

यो अवधिमा एटिएम, पस मेसिन, क्युआर मार्फत् भुक्तानी, इकर्मश सेवा भने चल्नेछ। यो अवधिमा ग्राहकको लागि भने बैंकको कार्यालय, काउन्टर सबै भन्द हुने छ ।

काठमाडौं । हिमालयन बैंकको कात्तिक तीन गतेदेखि १० गतेसम्म सेवा बन्द हुने भएको छ। दैनिक काममा प्रयोग हुने मुख्य सफ्टवेयर परिर्वतन गर्न लागिएकोले उक्त समय अवधिभर सबैजसो सेवा बन्द हुने भएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो अवधिमा एटिएम, पस मेसिन, क्युआर मार्फत् भुक्तानी, इकर्मश सेवा भने चल्नेछ। यो अवधिमा ग्राहकको लागि भने बैंकको कार्यालय, काउन्टर सबै भन्द हुने छ । ग्राहकले यो अवधिमा नगद जम्मा गर्न विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने भएपनि काउन्टर भने बन्द हुने छ । यो अवधिमा कर्जा जारी गर्ने लगायतका सबै काम बन्द हुने बैंकले उल्लेख गरेको छ ।

मुख्य सफ्टवेयर परिर्वतन गरिएपछि बैंकको विद्युतीय भुक्तानी माध्यमदेखि अन्य काम कारवाही अहिलेभन्दा दु्रत स्तरमा हुने बैंकले उल्लेख गरेको छ।