नारायणगढ-मुग्लिन सडकमा भयानक दुर्घटना, एकसाथ बस र ट्रकसहित ७ गाडी ठोक्किए
दुघर्टनास्थलबाट पाँच जना घाइतेलाई उपचारको लागि भरतपुर लगिएको छ । तर, सबै घाइतेको अवस्था र कति गाडी क्षति भयो भन्ने विवरण भने आउन बाँकी छ ।
काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।
बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।
चितवन प्रहरीका अनुसार एउटा गाडी अर्कोसँग ठक्कर खाएपछि एकपछि अर्को गर्दै गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।
दुघर्टनास्थलबाट पाँच जना घाइतेलाई उपचारको लागि भरतपुर लगिएको छ । तर, सबै घाइतेको अवस्था र कति गाडी क्षति भयो भन्ने विवरण भने आउन बाँकी छ ।