निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, फागुन २१ को चुनावका विषयमा छलफल

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरि निर्वाचन घोषणा गरेको थियो ।

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन् ।

आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरू छलफलमा सहभागी छन् ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोल पछि प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरि निर्वाचन घोषणा गरेको थियो ।

आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तर्गत गरिरहेका कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उदेश्यले बिहीबारको छलफल आयोजना गरिएको हो ।