मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफा तथा सञ्चित नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात घोषित लाभांश वितरण गरिनेछ ।