नेपाल बैंकका ग्राहक र कर्मचारीलाई शंखमुलको लिफ प्लसमा छुट

कम्पनीको वेबसाइट र तोकिएको ह्वाट्सएप नम्बर मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा बिलमा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुलस्थित लिफ प्लसको सामान किन्दा छुट दिइने भएको छ ।

बैंकका अनुसार लिफ प्लस कम्पनीले उत्पादन र बिक्री गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा आदि किन्दा छुट दिइने भएको हो ।

कम्पनीको वेबसाइट र तोकिएको ह्वाट्सएप नम्बर मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा बिलमा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सम्झौतापत्रमा असोज २७ गते बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिका प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरे ।