एक वर्षमा थपिए पौने ८ लाख करदाता, ७० लाख पुग्यो प्यान लिनेको संख्या

यसअवधिमा दर्ता भएका कुल प्यानमा व्यावसायिक प्यान, करकट्टी गर्ने निकायले लिएको प्यान र व्यक्तिगत प्यान लिनेहरु बढेका छन् ।

काठमाडौं । पछिल्लो एक वर्षमै पौने ८ लाख करदाता थपिएका छन् । ६९ लाख ९९ हजारले करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । 

अर्थ मन्त्रालयलकाअनुसार २०८१ असारमा प्यान लिने करदाताको संख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म ६९ लाख ९९ हजार पुगेको छ । २०८२ असारमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ५१ हजार र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २५ हजार पुगेको छ ।

यस अवधिमा दर्ता भएका कुल प्यानमा व्यावसायिक प्यान, करकट्टी गर्ने निकायले लिएको प्यान र व्यक्तिगत प्यान लिनेहरु बढेका छन् ।