सुनको मूल्य बढेर नयाँ उचाई लिँदा चाँदीको भाउ सामान्य घट्यो

सुनको मूल्य बुधबार प्रति तोला २ लाख ४८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो ।

काठमाडौं। सुनको मूल्य बुधबार पनि बढेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार प्रति तोला २ लाख ४८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य भने घटेको छ। चाँदीको भाउ तोलामा ८५ रुपैयाँ घटेको हो। चाँदीको भाउ बुधबार प्रति तोला ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४१९२.८७ डलर पुगेको छ भने चाँदी प्रति औंस ५२.३७ डलरमा कारोबार भइरहेको छ ।