चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जना कामदारको मृत्यु

मृत्यु हुनेहरुमा खैरहनी नगरपालिका २ बस्ने बसने ४५ वर्षीय शुकराम दराई, ५४ वर्षीय रेशम दमाई र कमल कुमार गुरुङ रहेका छन् ।

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका शान्ति गुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीनजना कामदारको मृत्यु भएको छ ।

बुधबार बिहान १० बजेतिर उद्योगमा काम गर्ने कामदारको मृत्यु भएको हो। घाइतेहरुको भने अहिले नयाँ मेडिकल कलेज भरतपुर उपचार भइरेको छ ।

मृत्यु हुनेहरुमा खैरहनी नगरपालिका २ बस्ने बसने ४५ वर्षीय शुकराम दराई, ५४ वर्षीय रेशम दमाई र कमल कुमार गुरुङ रहेका छन् ।