डिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला ३० गतेदेखि वीरगंजमा, ग्राहकलाई यस्ता अफर
ग्राहकले सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, नि:शुल्क सडक कर र इन्स्योरेन्स, नि:शुल्क वाल तथा ट्राभल चार्जर र नि:शुल्क एसेसोरिज पनि पाउने कम्पनीले जनाएको छ ।
काठमाडौं । तिहार पर्वको अवसरमा वीरगंजमा डिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला हुने भएको छ ।
डिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले बीरगंजमा नयाँ सोरुम खोलेर असोज ३० गतेदेखि चार दिनसम्म टेस्ट ड्राइभ र एक्सचेन्ज मेला गर्न लागेको हो । मेलामा ग्राहकले डिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलामा डिपल एस०५ मुख्य आकर्षण हुनेछ । रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सी र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन सिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै डिपल एस ०५ ग्राहकले रुचाएका छन् ।
एक्सपिरियन्स र एक्सचेन्जमा डिपल एस ०७ आईसीएस, डिपल ई ०७, डिपल एल ०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि राखिने कम्पनीले जनाएको छ । ग्राहकले फ्युचरिस्टिक डिपल इभी टेस्ट ड्राइभ र सट्टापट्टा गर्न पाउने मात्र होइन, रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् ।
ग्राहकले सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, नि:शुल्क सडक कर र इन्स्योरेन्स, नि:शुल्क वाल तथा ट्राभल चार्जर र नि:शुल्क एसेसोरिज पनि पाउने कम्पनीले जनाएको छ ।