जेनजी विद्रोहपछि कांग्रेस केन्द्रीय समितिमा देउवाको सम्बोधन, पूर्णबहादुरले पाए कार्यवाहक (सम्बोधनको पूर्णपाठ)
१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु ।
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गरेका छन् ।
उनले सम्बोधन गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका छन् ।
देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । ‘१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,’ देउवाको भनाइ थियो ।
उनले सम्बोधनका क्रममा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
प्रकाशन भएका दस्तावेजहरू
68ee1c24c9772_1760435236.pdf