राष्ट्र बैंकले तिहारमा चाँदीकाे सिक्का मात्र विक्री गर्ने, सुनको सिक्का वितरण नगर्ने
राष्ट्र बैंकले ४ प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं । यस पटकको तिहारको लागि नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बेच्न थालेको छ । राष्ट्र बैंकले असोजको २६ गतेबाट चाँदीको सिक्का बेच्न थालेको छ ।
राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को मूल्य र परिमाण पनि तोकेको छ । राष्ट्र बैंकले ४ प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ। सिक्का किन्नका लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।
राष्ट्र बैंकले यसपटक सुनको सिक्का विक्री नगर्ने भएको छ । विगत वर्षहरुमा चाँदीसँगै सुनको समेत सिक्का विक्री गर्दै आएको थियो ।